Category: समाचार
-
वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन स्थानीय तहहरुलाई प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साक्षर नेपाल निर्माण गर्ने अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने आधार रहेको प्रष्ट पारेका छन् । ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस अभियानलाई सफल पार्न सम्बन्धित सम्पूर्ण तह रचनात्मक र सिर्जनात्मक रुपमा सक्रिय रहने विश्वास व्यक्त गरेका छन् ।
-
भूमिको कित्ताकाट रोक्न किसान महासंघको माग
काठमाडौं । सत्तारुढ नेकपाको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सरकारले जमिनको कित्ताकाट खुला गरेकोमा आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरी सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने र देशलाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने दाबी गरेको छ । पूर्व कृषिमन्त्री हरि पराजुली संयोजक रहेको महासंघले कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र…
-
नेपाली सेनाद्वारा भक्तपुरमा १५० बेडको आइसोलेशन कक्ष तयार
भक्तपुर । नेपाली सेनाले भक्तपुरमा एकैदिनमा १५० वेडको आइसोलेशन तयार गरेको छ । सेनाले भक्तपुरस्थित सैनिक महाविद्यालयको बीबीए ब्लकमा एक दिनमै १५० बेडको आइसोलेशन कक्ष तयार गरेको हो । उक्त ब्लकमा २५ वटा कोठा रहेका र प्रत्येक कोठामा कम्तीमा ६ जनालाई राख्न सकिने सेनाले जनाएको छ । आइसोलेशनको व्यवस्थापन तीन समूहले गर्नेछन्, जसमा व्यवस्थापकीय टीम,…
-
जग्गाको कित्ताकाट खुला
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । करिब तीनवर्षदेखि रोकिएको कित्ताकाट भदौ १८ गतेको मन्त्रीस्तरीय निर्णयले खुला गरेको हो । यसअघिका निर्णयहरु बदर गर्दै भू उपयोग ऐन, २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट गर्न नापी विभागले मातहतका कार्यालयहरुमा निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत कठायतले भूमि व्यवस्थापन विभाग र नापी…
-
आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै कोरोना भाइरस संक्रमणबारे भ्रम फैलाउने पक्राउ
काठमाडौँ । आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।…
-
दश जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार
काठमाडौं । निजामती सेवा दिवस, २०७७ को अवसरमा पुरस्कृत हुने कर्मचारीहरुको नामावली सार्वजनिक भएको छ । निजामती सेवा दिवस, २०७७ को अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार पुरस्कृत कर्मचारीको नामावली सार्वजनिक गरेको हो । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सहसचिव सुशीलकुमार लम्साल,…
-
नेकपाको स्थायी कमिटी बैठक भदौ २६ मा बस्ने
काठमाडौं । सत्तारुढ नेकपाले भदौ २६ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल सहितको छलफलमा यो सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी…
-
कोरोना संक्रमित नेपालगंजका एक पुरुषको मृत्यु
नेपालगंज । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो ।…
-
देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका हुन् । विसं…
-
अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले निजी क्षेत्रका व्यवसायीसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष, भवानी राणा, उद्योगीहरु राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । त्यसक्रममा…
-
कडा सुरक्षाकाबीच तानियो रातो मच्छिन्द्रनाथको रथ
ललितपुर । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र मिननाथ दुवै रथलाई सोह्रखुट्टे पाटी पुर्याइएको हो । यससँगै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण बैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो । बिहीवार पुल्चोकमा रहेको रातो…
-
काँकडभिट्टा-इनरुवा रेलमार्ग ठेक्काको विरोधमा कांग्रेसका भातृ संगठनहरुको विरोध प्रदर्शन
काठमाडौं । काँकडभिट्टा-इनरुवा रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । रेलमार्गको ठेक्का प्रक्रियाको विरोधमा नेपाली कांग्रेसका भातृ संगठनहरुले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् । ठेक्का प्रक्रियाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन् । जनता कोरोनाबाट प्रभावित भइरहेका बेला सरकारले कमिशनको खेलमा ठेक्का…