• पात्रो
  • मौसम booked.net

काँकडभिट्टा-इनरुवा रेलमार्ग ठेक्काको विरोधमा कांग्रेसका भातृ संगठनहरुको विरोध प्रदर्शन

काठमाडौं । काँकडभिट्टा-इनरुवा रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । रेलमार्गको ठेक्का प्रक्रियाको विरोधमा नेपाली कांग्रेसका भातृ संगठनहरुले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

ठेक्का प्रक्रियाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन् । जनता कोरोनाबाट प्रभावित भइरहेका बेला सरकारले कमिशनको खेलमा ठेक्का दिएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले रेलमार्गको ठेक्का संसदको छानविन गर्न संसदको सार्वजनिक लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।

२१ भाद्र २०७७, आईतवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: