• पात्रो
  • मौसम booked.net

जग्गाको कित्ताकाट खुला

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । करिब तीनवर्षदेखि रोकिएको कित्ताकाट भदौ १८ गतेको मन्त्रीस्तरीय निर्णयले खुला गरेको हो । यसअघिका निर्णयहरु बदर गर्दै भू उपयोग ऐन, २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट गर्न नापी विभागले मातहतका कार्यालयहरुमा निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत कठायतले भूमि व्यवस्थापन विभाग र नापी विभागलाई पठाएको पत्रमा भनिएको छ, ’भूउपयोग नियमावली जारी भई भू(उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्मका लागि कृषियोग्य जग्गामा कित्ताकाट गर्न सकिने छ।’
यसअघि २०७४ साउन २६ देखि कृषियोग्य जमिन कित्ताकाट रोकेको थियो ।

तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री गोपाल दहितको पालामा भएको निर्णयलाई मन्त्रिपरिषद् बैठकले रद्द गरिदिएपछि कित्ताकाट खुलेको हो।

२२ भाद्र २०७७, सोमबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: