• पात्रो
  • मौसम booked.net

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले निजी क्षेत्रका व्यवसायीसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष, भवानी राणा, उद्योगीहरु राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट पारेका थिए ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गरे ।उनले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगि नसकेको समेत उल्लेख गरे । कोभिड १९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि प्रधानमन्त्रीले निर्देशन दिए ।

उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको भन्दै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरे । प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे । काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति पनि उनले स्पष्ट पार्दै भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण नभएको र युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गरे । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्राउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उनको तर्क थियो ।
कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उनले विशेष जोड दिए ।

 

२१ भाद्र २०७७, आईतवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: