• पात्रो
  • मौसम booked.net

नेपाली सेनाद्वारा भक्तपुरमा १५० बेडको आइसोलेशन कक्ष तयार

भक्तपुर । नेपाली सेनाले भक्तपुरमा एकैदिनमा १५० वेडको आइसोलेशन तयार गरेको छ । सेनाले भक्तपुरस्थित सैनिक महाविद्यालयको बीबीए ब्लकमा एक दिनमै १५० बेडको आइसोलेशन कक्ष तयार गरेको हो ।
उक्त ब्लकमा २५ वटा कोठा रहेका र प्रत्येक कोठामा कम्तीमा ६ जनालाई राख्न सकिने सेनाले जनाएको छ । आइसोलेशनको व्यवस्थापन तीन समूहले गर्नेछन्, जसमा व्यवस्थापकीय टीम, मेडिकल टिम र हाइजिन तथा फोहरमैला टिम रहने सूर्य विनायक व्यारेकका गणपति प्रमुख सेनानी शिव प्रसाद पौडेलले जानकारी दिए ।
उक्त आइसोलेशनमा पहिलो चरणमा संक्रमित सैनिक तथा आश्रित परिवारलाई राखिने उनले बताए ।
सेनाले यसअघि भक्तपुरको सूर्यबिनायकमा ७५ वेडको आइसोलेशन कक्ष तयार गरेको थियो । योसंगै भक्तपुरमा सेनाले २२५ बेडको आइसोलेशन कक्ष तयार गरेको छ ।

२२ भाद्र २०७७, सोमबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: