Category: Scroll

  • काेराेना संक्रमित बढेकाे बढै

    काठमाडौं, असाेज २८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जना संक्रमित थपिएका छन् ।

  • प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित

    प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित

    ईटहरी, आश्विन २७, २०७७  ।  प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमा सबैभन्दा बढी सुनसरीका ३४४ जना छन् । मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा पनि संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११…

  • काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोनाको संक्रमण

    काठमाडौं, असोज २७ : काठमाडौंमा उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, म‌ंगलबार नेपालमा…

  • २४ घण्टामा १२०७ जनामा कोभिड-१९ को संक्रमण

    १० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ । काठमाडौं, बझाङ, ललितपुर, भक्तपुर, मकवानपुर, बर्दिया, कैलाली र सप्तरीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४६८ पुगेको छ  ! हालसम्म ७१ हजार ८२१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये…

  • वरिष्ठ राजनीतिज्ञ यज्ञप्रसाद आचार्यको निधन

    वरिष्ठ राजनीतिज्ञ यज्ञप्रसाद आचार्यको निधन

    असोज ७, काठमाडौं । वरिष्ठ राजनीतिज्ञ, लेखक तथा तत्कालीन राजपरिषद् स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मृगौलासम्बन्धी समस्याका कारण ८७ वर्षीय आचार्यको मंगलबार साँझ निधन भएको हो । राजा वीरेन्द्रको शासनकालमा गाउँफर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजसभा स्थायी समितिका सदस्य रहदा दलविहीनता र राजाको सक्रिय नेतृत्वको…

  • विश्वका २ करोड ९४ लाख मानिसलाई कोरोना संक्रमण

    विश्वका २ करोड ९४ लाख मानिसलाई कोरोना संक्रमण

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड १२ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड १२ लाख ७५ हजार ५ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै दिन २ लाख ४७ हजार ९८४ मानिस कोरोना संक्रमणमुक्त…

  • तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न नेताहरुलाई ओली-प्रचण्डको निर्देशन(पूर्णपाठसहित)

    तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न नेताहरुलाई ओली-प्रचण्डको निर्देशन(पूर्णपाठसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप–प्रत्यारोप बन्द गर्न निर्देशन दिएका छन् । आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न सर्कुलर गरेका हुन् । त्यस्तै अध्यक्षद्वय ले स्थायी कमिटीको पाँचौं बैठकलाई समाधानको विन्दु मानेर विवादमा नफर्कने…

  • वामदेवलाई राष्ट्रियसभामा सिफारिस गरिने

    वामदेवलाई राष्ट्रियसभामा सिफारिस गरिने

    काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । नेकपाको सचिवालयले यो…

  • असोज ५ देखि आन्तरिक उडान र लामो दूरीको यातायात संचालन गर्ने सरकारको निर्णय

    असोज ५ देखि आन्तरिक उडान र लामो दूरीको यातायात संचालन गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ…

  • जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले दर्ता गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । उनीहरुले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । न्यायाधीश…

  • थप ११७० जनामा कोरोना संक्रमण

    थप ११७० जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,८७८ जनाको नमुना परीक्षण गरिएको…

  • डा. केसीद्वारा जुम्लामा आमरण अनसन सुरु

    डा. केसीद्वारा जुम्लामा आमरण अनसन सुरु

    काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले जुम्लामा १९ औं सत्याग्रह सुरु गरेका छन् । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा केसी १९ औं सत्याग्रहमा बसेका छन् । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा. केसीले बताएका छन् ।…