Category: Scroll
-
चितवनका थप ३३ जनामा कोरोना संक्रमण
काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, रौतहट, नवलपुर, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरी जिल्लाका गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
-
कोरोना संक्रमित नेपालगंजका एक पुरुषको मृत्यु
नेपालगंज । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो ।…
-
विश्वमा कोरोना संक्रमणबाट ८ लाख ८७ हजार ५ सय भन्दा बढीको मृत्यु
विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ९३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ७२ लाख ८९ हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ९३ लाख ७३ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै…
-
देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका हुन् । विसं…
-
कास्कीका थप ३१ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ जना, पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना, पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष, नवलपरासीको देबचुली…
-
कोभिडको चिनियाँ खोपको तेस्रो चरण ५० हजार जनामा परीक्षण गरिँदै
चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको…
-
अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले निजी क्षेत्रका व्यवसायीसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष, भवानी राणा, उद्योगीहरु राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । त्यसक्रममा…
-
सरकारद्वारा समयमै रसायनिक मल आयात नगर्ने कम्पनीसँगको ठेक्का सम्झौता रद्द
काठमाडौँ सरकारले समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता रद्द गरेको छ । भदौ २० गतेसम्म आयत गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको हो । शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख धरौटी जफत हुनेछ ।…
-
कडा सुरक्षाकाबीच तानियो रातो मच्छिन्द्रनाथको रथ
ललितपुर । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र मिननाथ दुवै रथलाई सोह्रखुट्टे पाटी पुर्याइएको हो । यससँगै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण बैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो । बिहीवार पुल्चोकमा रहेको रातो…
-
काँकडभिट्टा-इनरुवा रेलमार्ग ठेक्काको विरोधमा कांग्रेसका भातृ संगठनहरुको विरोध प्रदर्शन
काठमाडौं । काँकडभिट्टा-इनरुवा रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । रेलमार्गको ठेक्का प्रक्रियाको विरोधमा नेपाली कांग्रेसका भातृ संगठनहरुले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् । ठेक्का प्रक्रियाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन् । जनता कोरोनाबाट प्रभावित भइरहेका बेला सरकारले कमिशनको खेलमा ठेक्का…
-
वीरलाई अब कोभिड अस्पताल बनाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । काठमाडौंको वीर अस्पताललाई कोभिड १९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले…
-
९८० जनामा कोरोना संक्रमण, १८१४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९८० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,३८२ जनाको नमुना परीक्षण गरिएको छ…