Category: Scroll
-
काठमाडौंमा १९० सहित थप ८९९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ८९९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा थप ६७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३९,४६० पुगेको छ । त्यस्तै पीसीआर…
-
भारत र चीनबीच लद्दाखमा फेरि तनाव
भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमाबारे गरिएको एउटा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर आफ्नो सेनाले त्यसलाई विफल पारिदिएको दाबी भारतले गरेको छ । भारतीय सूचना विभागले प्रकाशित गरेको विज्ञप्तिमा भारतीय सेनाले आफू संवादमार्फत् शान्ति कायम गराउने पक्षमा भएको तर…
-
लमजुङका थप आठ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका लमजुङ, गोरखा र नवलपरासीमा गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा तीन सुरक्षाकर्मी, बैंकका एक कर्मचारी र अस्पतालका कर्मचारी पनि छन् ।
-
ऋषिकेशमा नाङ्गै भिडियो खिच्ने फ्रान्सेली महिलालाई भारतमा मुद्दा चलाइने
उत्तर भारतस्थित तीर्थस्थल ऋषिकेशमा गङ्गा नदीमाथि रहेको एउटा पुलमा आफ्नो नग्न भिडिओ खिचेको आरोपमा एक फ्रान्सेली महिला पक्राउ परेकी छन् । ती महिलाले ’लक्ष्मण झुला’ भनिने उक्त पुलमा खिचेको भिडियो सामाजिक सञ्जालमा देखा परेको थियो । ती महिलालाई भारतको इन्टरनेट कानुनअन्तर्गत मुद्दा परेको हो । दोषी प्रमाणित भएमा उनलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्ने समाचारसंस्था…
-
७२ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा(सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना डीएसपीको सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीएसपी सरुवाको निर्णय गरेका हुन् । सरुवा भदौबाटै लागू हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
-
कोरोना संक्रमित रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु
बुटवल । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गएराति मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए । यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको…
-
उत्पादनमै रोक लगाइएको पानी बजारमा विक्रि बितरण
काठमाडौं । रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी देखिएपछि गएको बर्ष फागुन महिनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो । सोमबार महानगरको…
-
विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैनः प्रचण्ड
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मात्रले पार्टी नबन्ने बताएका छन् । सोमबा ट्वीट गर्दै अध्यक्ष प्रचण्डले पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन भएको उल्लेख गरेका हुन् । उनले लेखेका छन्, “पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ…
-
चितवनका थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ जनामा नयाँ संक्रमण र दुई जनामा पुनः संक्रमण पुष्टि भएको कलेजले जनाएको छ ।
-
गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ र गोरखामा गरी थप सात जनामा संक्रमण पुष्टि भएको हो ।
-
पहिरोमा पुरिएर कालिकोटमा १० जनाको मृत्यु
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली…
-
कोरोना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु
काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट सोमबार मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड…