• पात्रो
  • मौसम booked.net

काठमाडौंमा १९० सहित थप ८९९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ८९९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा थप ६७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३९,४६० पुगेको छ ।

त्यस्तै पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ११,१२९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,३३७ जना रहेका छन् । असोलेसनमा १७,८२२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म २१,४१० जना डिस्चार्ज भएका छन् ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन जना महिला र चार पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । महोत्तरीमा चार वर्षीया बालिका, गोरखा र रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै झापा, रौतहट, चितवन र भक्तपुरमा एक एक जना पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले जनाएको छ ।

१५ भाद्र २०७७, सोमबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: