• पात्रो
  • मौसम booked.net

विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैनः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मात्रले पार्टी नबन्ने बताएका छन् । सोमबा ट्वीट गर्दै अध्यक्ष प्रचण्डले पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन भएको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन्, “पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।” सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्डको ट्वीटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

१५ भाद्र २०७७, सोमबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: