• पात्रो
  • मौसम booked.net

ऋषिकेशमा नाङ्गै भिडियो खिच्ने फ्रान्सेली महिलालाई भारतमा मुद्दा चलाइने

उत्तर भारतस्थित तीर्थस्थल ऋषिकेशमा गङ्गा नदीमाथि रहेको एउटा पुलमा आफ्नो नग्न भिडिओ खिचेको आरोपमा एक फ्रान्सेली महिला पक्राउ परेकी छन् । ती महिलाले ’लक्ष्मण झुला’ भनिने उक्त पुलमा खिचेको भिडियो सामाजिक सञ्जालमा देखा परेको थियो । ती महिलालाई भारतको इन्टरनेट कानुनअन्तर्गत मुद्दा परेको हो ।

दोषी प्रमाणित भएमा उनलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्ने समाचारसंस्था एएफपीले उल्लेख गरेको छ । लक्ष्मण झुलालाई पवित्र मानिन्छ र त्यो पर्यटकहरूका लागि आकर्षणको केन्द्र पनि हो । पक्राउ परेपछि ती महिलाले गरगहनाको आफ्नो व्यापार प्रवर्धन गर्ने उद्देश्यले आफूले भिडिओ बनाएको प्रहरीलाई बताएकी थिइन् । उनी धरौटीमा छुटेकी छन् । तर समाचारसंस्था एएफपीलाई पठाएको एउटा विज्ञप्तिमा उनले यौन दुव्र्यवहारविरुद्ध चेतना जगाउने आफूले भिडियो खिचेको दाबी गरेकी छन् ।

फ्रान्समा सम्भवतः यस्तो कृत्यलाई आपत्तिजनक मानिँदैन । तर ऋषिकेश धार्मिक स्थल हो अनि लक्ष्मण झुलाबाट राम, सीता र लक्ष्मणले गङ्गा नदी तरेका थिए । उनको भिडियोबारे सूचना पाएपछि ती महिलालाई बिहीवार पक्राउ गरिएको थियो ।

सोधपुछका क्रममा उनले नाङ्गै भिडियो खिचेको स्वीकार गरिन् । तर आफूलाई भारतमा त्यसो गर्नु गैरकानुनी भएको थाहा नभएको उनले दाबी गरिन्। उनले घटनाप्रति क्षमायाचना गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

१५ भाद्र २०७७, सोमबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: