Category: Scroll
-
गण्डकीमा थप ३५ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ र नवलपरासीमा गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, पोखराका २० जना प्रहरीलगायत छन् ।
-
७० करोड घुस प्रकरणः विजय मिश्रलाई सात दिनभित्र आयोगमा उपस्थित हुन अख्तियारले जारी गर्यो सूचना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । आयोगले बुधबार गोरखापत्रमा सूचना जारी गरी मिश्रलाई उपस्थित हुन भनेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेनको अडियो सार्वजनिक भएपछि गोकुल बास्कोटाले संचारमन्त्रीबाट राजीनामा दिएका थिए । मिश्र यतिखेर जापानमा छन् । उनले वक्तव्य…
-
राष्ट्रपति ट्रम्पद्वारा केनोशामा प्रहरीको गोली लागेका पीडित परिवारलाई भेट्न अस्वीकार
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली प्रहारबाट एकजना अश्वेत पुरुष सख्त घाइते भएको विस्कन्सिन राज्यस्थित केनोशा शहरको भ्रमण गरेका छन् । २३ अगस्टमा प्रहरीले त्यहाँ जेकब ब्लेकलाई गोली प्रहार गरेर घाइते बनाएपछि केनोशामा प्रदर्शनहरू भएका थिए । हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि ट्रम्प कानुन कार्यान्वयनलाई बल दिन भन्दै त्यहाँ पुगेका हुन् । ट्रम्पले त्यहाँ गोली…
-
विश्वमा २ करोड ५९ लाख भन्दा बढीलाई कोरोना संक्रमण
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ५९ लाख ७ सय ५ पुगेको छ । जसमध्ये १ करोड ८१ लाख ९३ हजार ६ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् । यस्तै एकै…
-
सोह्र श्राद्ध सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो ।…
-
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिएका छन्…
-
नवलपरासीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु
भैरहवा । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि बुटवल आएकी उनलाई बेड अभावका कारण भदौ १५ गते भीम अस्पतालको आइसोलेसनमा पठाइएको थियो । नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षीया महिलाको गएराति राति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले…
-
भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा एक सय सांसदलाई माफीको घोषणा
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित एक सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गरेका छन् । माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन् । राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएकोे…
-
पेट्रोलको मूल्य दुई रुपैयाँ बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी मूल्य बढाएको हो । मूल्य हेरफेर भएर आएकाले पेट्रोलको साबिक खुद्रा मूल्यमा २ रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।…
-
थप १०६९ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २३९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०६९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १२,०८८ जनाको नमुना परीक्षण गरिएको…
-
काठमाडौंका कोरोना संक्रमितको ललितपुरमा मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौंका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ती पुरुष गत भदौं ९ गतेदेखि अस्पतालमा उपचाररत थिए ।
-
बारामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु
बारा । कोरोना सङ्क्रमणबाट बारामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा…