• पात्रो
  • मौसम booked.net

७० करोड घुस प्रकरणः विजय मिश्रलाई सात दिनभित्र आयोगमा उपस्थित हुन अख्तियारले जारी गर्यो सूचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । आयोगले बुधबार गोरखापत्रमा सूचना जारी गरी मिश्रलाई उपस्थित हुन भनेको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेनको अडियो सार्वजनिक भएपछि गोकुल बास्कोटाले संचारमन्त्रीबाट राजीनामा दिएका थिए । मिश्र यतिखेर जापानमा छन् । उनले वक्तव्य जारी गरेर अनुसन्धानका लागि सघाउन आफू तयार रहेको जनाएका छन् । उनले अख्तियारलाई रेकर्डिङ डिभाइस उपलब्ध गराउन आफू जापानमा पुगेको जनाएका छन् ।

१७ भाद्र २०७७, बुधबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: