• पात्रो
  • मौसम booked.net

बारामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

बारा । कोरोना सङ्क्रमणबाट बारामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

 

१६ भाद्र २०७७, मंगलवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: