• पात्रो
  • मौसम booked.net

थप १०६९ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २३९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०६९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १२,०८८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,३९० जना रहेका छन् । आइसोलेसनमा १८,११२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४०,५२९ पुगेको छ । त्यस्तै मंगलबार थप ७६८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २२१७८ पुगेको छ ।

यसैबीच, कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चार वर्षीया बालिका र दश जना पुरुषहरु रहेका छन् । महोत्तरीमा चार वर्षीया बालिकाको मृत्यु भएको छ । त्यसैगरी महोत्तरी र सिरहामा एक एक जना पर्सामा तीन जना, बाराका एक जना, चितवनका एक जना, काठमाडौंका दुई जना र मकवानपुरका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

१६ भाद्र २०७७, मंगलवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: