Category: हाइलाइट
-
पोखरामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौं । पोखरामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भई भदौ सात गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएकी पोखरा महानगरपालिका वडा नम्बर ११ की ३२ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
-
कोरोना संक्रमणबाट कपिलवस्तुका एक पुरुषको मृत्यु
काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर दुईका ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका विरामी…
-
लक्षण नभएका बिरामीलाई १४ दिन भन्दा बढी अस्पतालमा राख्न नपाइने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन…
-
थप ८८५ जनामा कोरोना संक्रमण, मृतकको संख्या १७५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३,२५३ जनाको नमुना परीक्षण गरिएको छ…
-
काङ्ग्रेसमा अब देउवाको पुनः सभापति बन्ने सम्भावना कमजोर देखिन्छ
केशवप्रसाद भट्टराई । १. ओली र देउवा दुवै न गतिला पार्टी अध्यक्ष हुन् न सरकार प्रमुख ! तर जुन स्तरमा उनीहरूको आलोचना भइरहेको छ, त्यही स्तरका खलनायक भने उनीहरू दुवै होइनन् I उनीहरूका पूर्वाधिकारीहरू भन्दा खराव पनि होइनन् नै I २. यी दुवै बाह्र बुँदेका प्रवल समर्थक होइनन् ! एक किसिमले विरोधी हुन् ! नेपाल…
-
कैलालीका एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु
धनगढी । कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भन्टिलेटरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जानकारी दिए । शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए । फोक्सो…
-
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो
काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।
-
नेपालगंजका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
नेपालगंज । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज…
-
पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
-
कोरोना भाइरस संक्रमण कम गर्न लकडाउनभन्दा निषेधाज्ञा प्रभावकारी भएको दाबी
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण भाइरस संक्रमण फैलिन कम भएको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निचोड निकालेको छ । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले — निषेधाज्ञा अवधिको समीक्षा गर्दै समयमा संक्रमणमा रहेको व्यक्तिलाई समुदायबाट छुट्याउने, शंकास्पद व्यक्तिलाई कोरोनाको परीक्षण गराउने, विदेशबाट फर्कनेका क्वारेन्टिन र बिरामीलाई राख्न आइसोलेसन बनाउने…
-
थप ८५५ जनामा कोरोना संक्रमण, थपिए सात मृतक
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८५५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १९९ जनामा, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३३,५३३ पुगेको छ । पछिल्लो २४…
-
सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । सत्तारूढ नेकपाको सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तापछि सचिवालय बैठकको मिति तोकिएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा भएको अध्यक्षद्वयको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्ने सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल…