काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८५५ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १९९ जनामा, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३३,५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,३२७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १०,४५३ जना रहेका छन् । आइसोलेसनमा १४,२५० जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप ३१३ जना डिस्चार्ज भएका छन् ।
यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र एक महिला , सिरहा, रुपन्देही, पर्सा र धनुषाका एक एक गरी सात जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।
Leave a Reply