काङ्ग्रेसमा अब देउवाको पुनः सभापति बन्ने सम्भावना कमजोर देखिन्छ

केशवप्रसाद भट्टराई ।
१. ओली र देउवा दुवै न गतिला पार्टी अध्यक्ष हुन् न सरकार प्रमुख !
तर जुन स्तरमा उनीहरूको आलोचना भइरहेको छ,
त्यही स्तरका खलनायक भने उनीहरू दुवै होइनन् I
उनीहरूका पूर्वाधिकारीहरू भन्दा खराव पनि होइनन् नै I

२. यी दुवै बाह्र बुँदेका प्रवल समर्थक होइनन् !
एक किसिमले विरोधी हुन् !
नेपाल भित्र मात्रै होइन, नेपालमा शक्तिशाली प्रभाव राख्ने प्रमुख अन्तर्राष्ट्रिय शक्तिहरू नेपालमा बाह्र बुँदेको जगमा आएको संघियता,धर्म निरपेक्षता र गणतन्त्रको स्थायित्वलाई लिएर चिन्तित छन् I

३. देउवा बुँदे हुँदा प्रहरी तालिम केन्द्रको मूल गेट नजिकको एउटा घरमा थुनामा थिए I
थुना मुक्त भएपछि देउवाले शुरूमा बाह्र बुँदेको विरोध नै गरेका थिए I
ओली त विरोधी नै हुन् I
त्यसैले ओली र देउवाको खोइरो खनेर उनीहरूलाई राजनीतिकरूपमा समाप्त पारेर बाह्र बुँदेमा योगदान रहेका र बाह्र बुँदेको जगमा खडा भएका परिवर्तनका प्रवल समर्थकहरूलाई नेपालको सत्ताको केन्द्रमा बलियोसँग स्थापना गर्ने उद्देस्य पनि यो ओली र देउवाको अति विरोधको कारण बनेको छ भन्ने मलाई लाग्दछ I
स्पष्ट छ, नेकपा सचिवालयमा ओली बाहेकका सवैजसो बाह्र बुँदेका रचयिता, संयोजक, सहयोगी र समर्थक हुन् I
भारतको वर्तमान संस्थापन पक्ष नेपालमा बाह्र बुँदेको पक्षमा नभएको आशंकामा उसलाई नेपालमा राजनीतिकरूपमा प्रभावहीन बनाउन नै नेपालमा चीनियाँ पक्षलाई पनि निर्णायक हैसियतमा ल्याइएको छ र यो चीनको मात्र रुचि र सरोकार नभएर अन्य अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको पनि रूचि र कर हो भनेर बुझ्नु अन्यथा नहोला I

४. काङ्ग्रेसमा शशांक बाहेक देउवा विरोधी कित्ताका सवै चर्चित नेताहरू र देउवा कित्तामा पनि विमलेन्द्र निधि र गोपालमानहरू बाह्र बुँदे र त्यस पछिका परिवर्तनका सहयोगी र समर्थक हुन् I
त्यसैले देउवा कित्ताबाट पनि निधि र गोपालमानहरू बाहिर आउने तयारी गरिरहेका छन् I
दुवैको पक्षमा प्रायोजित समर्थकहरू देखिन थालेका छन् I
आफ्नो राजनीतिक भविष्यको सुरक्षाको लागि अव देउवा खेमाका अन्य हस्ती भनिएकाहरू पनि क्रमशः बाहिरिएलान !
काङ्ग्रेसमा अब देउवाको पुनः सभापति बन्ने सम्भावना कमजोर देखिन्छ I
मनोवैज्ञानिकरूपमा देउवालाई कमजोर बनाउने र उनको तेजोवध गर्ने सघन प्रयाशलाई छिचोलेर उभिन देउवालाई सजिलो नहोला I
ओली मनोवैज्ञानिक रूपमा दह्रै छन् तर सरकार र पार्टीको नेतृत्व पङ्क्तिमा कमजोर देखिन्छन् I
मन्त्री ओली सरकारका, गाल पाए ओलीले पाउने,
तर प्रचण्ड, नेपाल, खनाल, वामदेव, नारायणमानको हुकुम अनुसार काम गर्ने मन्त्रीहरू र तिनैको गोजीबाट पार्टीको नेतृत्वमा आएकाबाट ओलीले पाउने भर र बलको बारेमा उनै जानुन I

५. तर देउवाको सम्भावित उत्तराधिकारीकोरूपमा बाह्र बुँदेवालाहरूले जस जसलाई प्रायोजन गरे पनि गिरिजाप्रसाद र शेरबहादुर , रामचन्द्र, सिटौला र निधिले शून्य वैचारिक धरातलमा ल्याएर काङ्ग्रेसलाई उभ्याएका छन् I
त्यो धरातलको बन्दी काङ्ग्रेसको सभापतिमा जो आए पनि काङ्ग्रेस यस्तै रहने हो I
नेकपा फुट्यो भने देउवाकै नेतृत्वमा पनि काङ्ग्रेसले बहुमत ल्याउला I
नेकपा नफुटे र एकजुट भए, खासै फरक नपर्ला !
नेता गिरिजा प्रसाद नै हुँदा र माओवादी र एमाले छुट्टै चुनाव लड्दापनि काङ्ग्रेस कति स्थानमा चुनाव जितेर आएको थियो सवैलाई थाहा नै छ नी !


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *