Category: Scroll
-
थप १०८१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य मन्त्रालका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०८१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३९४, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१६७ जनाको नमुना परीक्षण…
-
प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ
गगन थापा । काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने…
-
न्यूयोर्कको रोचेस्टर सहरको प्रहरी प्रमुखद्वारा राजीनामा
अमेरिकाको न्यूयोर्क प्रहरीको नेतृत्व तहमा रहेका अधिकारीहरूले राजीनामा दिएका छन् । एकजना अश्वेत मानिसको प्रहरी गिरफ्तारीका क्रममा भएको मृत्युको घटनापछि प्रदर्शनहरू चर्किरहेका बेला रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले राजीनामाको घोषणा गरेको उक्त सहरकी मेयर लभ्ली वारेनले सहर परिषद्को बैठकलाई बताएकी हुन् । गत मार्च महिनामा एकजना अश्वेत व्यक्ति ड्यानियल प्रुडको प्रहरी हिरासतका क्रममा…
-
विश्वमा २ करोड ७७ लाख ३३ हजारलाई कोरोना संक्रमण
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १ हजार ८ सय ३३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार भन्दा बढीमा संक्रमण पुष्टि…
-
अक्फोर्डको खोपको अन्तिम चरणको परीक्षण स्थगित
अक्स्फोर्ड विश्वविद्यालय र अस्त्रा जिनिकाले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको क्लिनकल परीक्षण स्थगित गरिएको छ । क्लिनकल परीक्षणमा सहभागी एक बेलायती नागरिकमा खोप लगाएपछि गम्भीर प्रतिक्रिया देखिएको भन्दै क्लिनिकल परीक्षण हाललाई स्थगित गरिएको जनाइएको छ । खोप निर्माता अस्त्रा जिनिकाले परीक्षणका क्रममा कसैकसैमा अस्पष्ट रोग देखिएपछि परीक्षण रोकिनु नियमित प्रक्रिया रहेको जनाएको…
-
नवलपुरको देवचुलीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको मंगलबार साँझ उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही भदौ १९ गते कोभिड–१९ सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या भई…
-
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ र नवलपरासीमा गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
-
जापानमा आबेको उत्तराधिकारीको लागि दौड शुरू
जापानको सत्तारूढ पार्टीले प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई दलमा कुशल नेतृत्वको छनोट हुने बताएका छन् । एक स्ट्रबेरी किसान परिवारबाट जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारका…
-
अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको एक सय गोल पूरा
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय गोल पूरा गरेका छन् । योसँगै उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २ शून्यले पराजित गरेको हो । रोनाल्डोले ४५औं मिनेटमा पहिलो…
-
बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती मनाइँदै
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको…
-
आर्थिक क्रियाकलाप सकारात्मक रहेको गभर्नरको दाबी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ सङ्क्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूचक सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग आयोजना गरेको श्रव्य दृश्य छलफलमा गभर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधानान्तर स्थिति बचतमा रहेकाले…
-
न्याम्सका स्वास्थ्यकर्मी किन तलब सुविधाबाट वञ्चित ?
काठमाडौं । मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्वास्थ्यकर्मीहरु तलबसुविधाबाट बञ्चित भएका छन् । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक गोमादेवी निरौलाले आर्थिक अभावलाई देखाउँदै प्रतिष्ठान अन्तर्गतका स्वास्थ्यकर्मीहरुले तलबसुविधा नपाएको जानकारी गराएकी हुन् । मंगलबार बसेको शिक्षासमिति अन्तर्गतको उपसमिति बैठकमा उनले निरन्तर सेवामा जुटिरहँदा पनि आर्थिक अभावका कारण कुनै सुविधा…