विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १ हजार ८ सय ३३ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख ३३ हजार ४ सय भन्दा धेरै भएको छ ।
संक्रमितमध्ये १ करोड ९८ लाख २७ हजार ६ सय भन्दा बढी निको भएका छन् भने अहिले विश्वमा ७० लाख ३ हजार ९ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।
कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६५ लाख १४ हजार २ सय नाघेको छ । यस्तै, १ लाख ९४ हजार बढीको मृत्यु भएको छ भने ३७ लाख ९६ हजार ७ सय भन्दा बढी निको भएका छन् ।
छिमेकी मुलुक भारतमा ४३ लाख ६७ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये ३३ लाख ९६ हजार भन्दा धेरै निको भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै १ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लाख ६५ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख २७ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३३ लाख ९७ हजार २ सय भन्दाबढी निको भएका छन् ।
Leave a Reply