Category: समाचार
-
सोह्र श्राद्ध सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो ।…
-
काठमाडौंका कोरोना संक्रमितको ललितपुरमा मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौंका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ती पुरुष गत भदौं ९ गतेदेखि अस्पतालमा उपचाररत थिए ।
-
बारामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु
बारा । कोरोना सङ्क्रमणबाट बारामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा…
-
कोरोनाका कारण इन्द्रजात्रा प्रभावित
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा यसबर्ष कोरोना महामारीका कारण प्रभावित भएको छ । कोरोना महामारीलाई लक्षित गर्दै इन्द्रजात्रमा यसवर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाईएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए ।…
-
पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर…
-
कोरोना संक्रमणबाट हेटौंडाका एक पुरुषको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ । कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना…
-
इन्द्रजात्रा आज मनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने…
-
कुमारी इन्द्रजात्राले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न उत्प्रेरित गर्न सकोस्ः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदायलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् । मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी…
-
काठमाडौंका मेयरलाई कोरोना संक्रमण
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्य श्रीमतीलाई कोरोनाको जस्तै लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए । त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको हो । मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान…
-
७२ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा(सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना डीएसपीको सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीएसपी सरुवाको निर्णय गरेका हुन् । सरुवा भदौबाटै लागू हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
-
उत्पादनमै रोक लगाइएको पानी बजारमा विक्रि बितरण
काठमाडौं । रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी देखिएपछि गएको बर्ष फागुन महिनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो । सोमबार महानगरको…
-
विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैनः प्रचण्ड
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मात्रले पार्टी नबन्ने बताएका छन् । सोमबा ट्वीट गर्दै अध्यक्ष प्रचण्डले पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन भएको उल्लेख गरेका हुन् । उनले लेखेका छन्, “पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ…