Category: स्वास्थ्य/शिक्षा
-
कोरोना संक्रमणबाट कपिलवस्तुका एक पुरुषको मृत्यु
काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर दुईका ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका विरामी…
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति
कर्णाली । सरकारले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ । सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाका अनुसार यही साउन ३० गते प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री…
-
प्लाज्मा बैंक स्थापना गर्न सरकारलाई विज्ञहरुको सुझाव
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आह्वान गरेका छन् । मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्छ भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताएका हुन् । कोरोनाविरूद्ध अग्रपङ्क्तिमा खटिरहेका…
-
थप ८८५ जनामा कोरोना संक्रमण, मृतकको संख्या १७५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३,२५३ जनाको नमुना परीक्षण गरिएको छ…
-
बाँकेका थप २१ जनामा कोरोना संक्रमण
काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, तनुँ सुर्खेतका गरी थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
-
कैलालीका एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु
धनगढी । कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भन्टिलेटरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जानकारी दिए । शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए । फोक्सो…
-
नेपालगंजका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
नेपालगंज । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज…
-
पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
-
लमजुङका २० जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङका २० जना, नवलपरासीका एक र कास्कीका दुई जनामा संक्रमण पुष्टि भएको हो । लमजुङमा बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,९३६ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या…
-
चितवनका थप ४० जनामा कोरोना संक्रमण
काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका थप ४० जनामा, नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका थप एक एक जनामा संक्रमण पुष्टि भएको हो ।
-
थप ८५५ जनामा कोरोना संक्रमण, थपिए सात मृतक
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८५५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १९९ जनामा, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३३,५३३ पुगेको छ । पछिल्लो २४…
-
रुपन्देहीमा अर्का एक कोरोना संक्रमितको मृत्यु
बुटवल । भैरहवास्थित भीम अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको सोमबार राति मृत्यु भएको छ । भवन निर्माणको क्रममा लडेर गम्भीर घाईते भएका रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर तीनका ५० वर्षीय पुरुषमा कोरोनाको समेत संक्रमण देखिएको र उनको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भवन निर्माणको क्रममा लडेर…