खोपलाई अनुमति दिन हतार नगरौंः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । विभिन्न देशले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका बेला डब्ल्यूएचओले सबैलाई सचेत गराएको हो ।

डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सञ्चारकर्मीहरुसँग खोपलाई अनुमति दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए । सबै देशले परीक्षण पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार राख्ने तर यो विषय हल्का खालको काम नभएको उनले बताए ।

हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको र १४३ खोप अझै पनि प्रि–क्लिनिकल इभोलुसनको चरणमा रहेको डब्ल्यूएचओको भनाइ छ । यसैगरी डब्ल्यूएचओले पर्याप्त तयारी विना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको छ ।

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *