• पात्रो
  • मौसम booked.net

ट्रम्पद्वारा हिंसाको आरोप लागेका समर्थकको बचाउ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालैका हिंस्रक झडपमा आफ्ना समर्थकहरूको भूमिकाको बचाउ गरेका छन् । उनले विन्सकन्सिन राज्यमा दुई जनाको हत्याको आरोप लागेका किशोर र ओरेगनमा भएको झडपमा सङ्लग्न समर्थकहरूले आत्मरक्षामा गरेको बताएका छन् ।

ह्वाइट हाउसमा सोमवार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डेमोक्रेटहरू मेयर र गभर्नर भएका ठाउँमा भएका हिंसाको दोष राष्ट्रपति पदका प्रतिस्पर्धी जो बाइडन र उनका सहकर्मीलाई लगाए । सोमवार प्रहरीले ओरेगनको पोर्टल्याण्डमा सप्ताहन्तमा भएका झडपमा गोली लागेर मारिएका व्यक्ति आरोन डानिल्सन रहेको जनाएको थियो ।

एक पत्रकारले पोर्टल्याण्ड घटनामा ट्रम्प समर्थकले रङ्ग भरिएका छर्रा प्रहार गरेको विषयमा ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले रङ्ग प्रतिरक्षाको अस्त्र भएको तर रङ्ग गोली नभएको बताए । आउँदो अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई हिंसा गलत हो भन्न चुनौती दिएका छन् ।

बाइडनले ट्रम्पलाई ’देशमा हिंसा भड्काउने कमजोर र विशाक्त नेता’ भनेका छन् । दुई पक्षबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको पेन्सलभेनिया राज्यमा बोल्दै बाइडनले अमेरिकाले थुप्रै सङ्कटहरू सामना गरिरहेको र त्यो ’डोनल्ड ट्रम्पको नेतृत्वमा झन् बढ्ने’ बताएका छन् ।

अमेरिकी सहरमा चलिरहेका प्रदर्शनले अस्थिरता सिर्जना गरिरहेका बेला आउँदो चुनावमा राष्ट्रपतिका दुई प्रतिस्पर्धीबीच चर्काचर्की परिरहेको छ । नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएका मत सर्वेक्षणमा बाइडन अगाडि छन्।

१६ भाद्र २०७७, मंगलवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: