• पात्रो
  • मौसम booked.net

विश्वमा कोरोना संक्रमणबाट ८ लाख ७८ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९१ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ करोड ६७ लाख ७५ सय ७ सय ४३ पुगेको छ । जसमध्ये १ करोड ८८ लाख ८४ हजार ७ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यस्तै एकैदिन थप ५ हजार ६ सय भन्दाबढीको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १ सय नाघेको छ ।

संक्रमितमध्ये ७० लाख १२ हजार ७ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार ८ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६३ लाख ८९ हजार नाघेको छ । अमेरिकामा कोरोनाका कारण १ लाख ९२ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ भने ३६ लाख ३४ हजार ८ सय भन्दाबढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ४० लाख ९१ हजार ८ भन्दाबढी संक्रमित भएका छन् भने १ लाख २५ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३२ लाख ७८ हजार भन्दाबढी निको भएका छन् ।

 

२० भाद्र २०७७, शनिबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: