• पात्रो
  • मौसम booked.net

भारतमा एकै दिन ८७ हजारलाई कोरोना संक्रमण

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढेर नयाँ रेकर्ड राख्दै आएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो रहेको छ।
संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४६ हजार ९२ जनाको उपचार भइरहेको वल्डोमिटरले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ६ सय ३५ पुगेको छ

२० भाद्र २०७७, शनिबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: