पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार कोरोना संक्रमणबाट काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो ।

साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ बर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो । त्यसैगरी भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान ६ः४० बजे मृत्यु भएको हो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *