Category: Scroll
-
जापानी प्रधानमन्त्री आबेद्वारा पदत्यागको घोषणा
जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन् । यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो । उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन्। अहिले उनको अवस्था झन् बिग्रिएको…
-
उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण
काठमाडौं । उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । चिकित्सकको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले…
-
कास्कीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १६ का ५२ वर्षीय पुरुषको शुक्रबार निधन भएको हो ।
-
रुपन्देहीका कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं । रुपन्देहीको तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
-
धरानमा कोरोना संक्रमित झापाका एक बृद्धको उपचारका क्रममा मृत्यु
झापा । झापाको कमल गाउँपालिका वडा नम्बर ३ केर्खाका कोरोना संक्रमणबाट ८३ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार बिहान धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिइन् । झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि…
-
कोरोना संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु
भक्तपुर । कोरोना संक्रमणका कारण भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएकी स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने…
-
विश्वमा २ करोड ४६ लाख भन्दा बढीलाई कोरोना संक्रमण
विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४६ लाख २४ हजार ९ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ७० लाख ९२ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै,…
-
शक्तिशाली समुद्री आँधीका कारण अमेरिकाको लुइजियानामा कम्तीमा चारजनाको मृत्यु
अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ । लरा नामक आँधीले पुर्याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ । करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्याएको छ । पाँच लाख घरपरिवारमा…
-
राप्रपाद्वारा लिदीका पहिरो पीडितलाई राहत वितरण
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई बिहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार बाह्र हजार रूपैयाँ उपलब्ध गराइएको छ । सो अवसरमा पुर्ण रूपमा घरबार क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र…
-
कोरोना भाइरसको सङ्क्रमण केही दिन थप वृद्धि हुने स्वास्थ्य मन्त्रालयको अनुमान
काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए । उनले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने बताए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको…
-
चितवनका थप १६ जनामा कोरोना संक्रमण
काठमाडौं । चितवनमा बिहीबार राति थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनमा १६ र नवलपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
-
गलत सूचना सम्प्रेषण नगर्न घिसिङको आग्रह
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी कार्यकारी निर्देशक घिसिङले आफ्नो पुनर्नियुक्तिलाई लिएर केही दिनदेखि प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई जोडेर भ्रामक समाचार र सूचना सम्प्रेषण भएको भन्दै खण्डन गरेका छन् ।…