Category: Scroll
-
ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख २३ हजार भन्दा बढीको मृत्यु
विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ८४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ६१ लाख ७७ हजार ५ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ८४ लाख ४२ हजार २ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै,…
-
नभाल्नीलाई स्नायुमा असर गर्ने विष खुवाइएको जर्मनीको दाबी
जर्मनीले रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई नोभिचोक भनिने स्नायुमा असर गर्ने एउटा विष दिइएको भन्ने ’स्पष्ट प्रमाण’ रहेको जनाएको छ । जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको हत्या प्रयास भएको त्यस्तो पदार्थ नभाल्नीको सम्पर्कमा कसरी आयो भन्ने जवाफ रुस सरकारले मात्र दिन सक्ने बताइन् । गत महिना साइबेरियामा उडानमा रहेको बेला अचानक बिरामी भएपछि नभाल्नीलाई उपचारका…
-
बागलुङमा बाढीले ठूलो मानवीय र भौतिक क्षति
बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भूजुङखोलामा आएको बाढीले दर्जनौ बेपत्ता भएका छन् । ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न ठाउँमा गएको पहिरोसँगै भूजुङ खोलामा आएको बाढीले १७ जना सम्पर्कबिहीन भएका र थप मानिसहरु हराएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । बाढीमा बेपत्ता भएका एक जनाको शव फेला परेको प्रमुख…
-
चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते…
-
रमण नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबारको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको…
-
-
आर्थिक लेनदेनमा विवाद हुँदा पुजारीको हत्या
काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नरेश राउत पटेल र बालकुमार पटेललाई प्रहरीले सार्वजनिक गरेको हो । पुजारीले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रदेश दुईका डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुले…
-
काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थप गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो । बुधबार मध्यरातिदेखि २४ गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी…
-
थप ११२० जनामा कोरोना संक्रमण, ६ महिला र ६ पुरुषसहित थप १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५०,भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै क्वारेन्टाइनमा ६,७६६ जना रहेका छन् । योसँगै संक्रमितको संख्या ४१६४९ पुगेको…
-
अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट
कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ । सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको अवधिमा अस्ट्रेलियाको अर्थतन्त्र ७ प्रतिशत खुम्चिएको छ । यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून…
-
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, नवलपरासी, तनहुँ, स्याङ्जा र लमजुङमा गरी थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।
-
बुटवलमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । कपिलवस्तुकी ६० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ११ की ६० वर्षीया महिलाको बुधबार ९ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।