विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ८४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।
महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ६१ लाख ७७ हजार ५ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ८४ लाख ४२ हजार २ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।
यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख ६७ हजार ३ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार ३ सय बढी मृत्यु भएका छन् भने २ लाख ८६ हजार ३ सय भन्दाबढी कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६८ लाख ६७ हजार ९ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६० हजार ६ सय बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६२ लाख ९० हजार ७ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३५ लाख ४७ हजार ६ सय भन्दाबढी निको भएका छन् भने १ लाख ८९ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४० लाख १ हजार ४ सय २२ पुगेको छ भने १ लाख २३ हजार ८ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३२ लाख १० हजार ४ सय भन्दा बढी निको भएका छन् ।
Leave a Reply