• पात्रो
  • मौसम booked.net

प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित

मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा पनि संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन् । सुनसरीकै इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ३१, रतुवामाईमा १२, बूढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैँचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १–१, झापाको दमकमा ५, बिर्तामोड र गौरादहमा १–१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ ।

प्रदेश १ मा मंगलबार १९ जना डिस्चार्ज भएका छन् । मेची अस्पतालबाट ८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४–४, धाइजन आइसोलेसन केन्द्रबाट २ र होमआइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन ।
प्रदेश १ मा मंगलबार १ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ३९ हजार ९२८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

२७ आश्विन २०७७, मंगलवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: