Category: समाचार
-
कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु
काठमाडौं । कोरोन संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । पर्सा, पाल्पा र सिरहामा गरी थप पाँच जनाको मृत्यु भएको छ । पर्सामा एक महिलासहित थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्लीका ६५ वर्षीया महिला, वीरगन्ज–१२ का ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका…
-
सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा गरी थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
-
मनपरी खर्च गर्दै स्थानीय सरकार
महालेखा परीक्षकको कार्यालयले हालसालै गरेको एउटा विस्तृत अध्ययनले भन्यो– स्थानीय सरकारको अधिकार बढे पनि कार्यक्षमता भने बढ्न सकेन । कृष्ण ज्ञवाली: खोज पत्रकारिता केन्द्र स्थानीय सरकारलाई कानून निर्माणदेखि विद्यालय व्यवस्थापन; कृषि तथा पशु विकासदेखि सुशासन कायम गर्नेसम्मको जिम्मेवारी दिइएको छ । संविधानले नै स्थानीय सरकारको अधिकार व्यापक बढाए पनि कार्यक्षमता भने बढ्न सकेको छैन ।…
-
थप तीन अस्पताल कोरोना विशेष अस्पतालमा सूचीकृत
काठमाडौं । सरकारले बिभिन्न तीन अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप तीन अस्पतालाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेको जानकारी दिए । काठमाडौँको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरिएको हो…
-
पुजारी हत्याको विरोधमा भएको राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप
काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा सहभागी केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल…
-
सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौँ । सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो । कोरोना संक्रमण बढेका कारण बैठक स्थगित सारिएको बताइएको छ । आगामी बैठकमा विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ…
-
उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण
काठमाडौं । उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । चिकित्सकको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले…
-
रुपन्देहीका कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं । रुपन्देहीको तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
-
कोरोना संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु
भक्तपुर । कोरोना संक्रमणका कारण भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएकी स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने…
-
राप्रपाद्वारा लिदीका पहिरो पीडितलाई राहत वितरण
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई बिहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार बाह्र हजार रूपैयाँ उपलब्ध गराइएको छ । सो अवसरमा पुर्ण रूपमा घरबार क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र…
-
गलत सूचना सम्प्रेषण नगर्न घिसिङको आग्रह
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी कार्यकारी निर्देशक घिसिङले आफ्नो पुनर्नियुक्तिलाई लिएर केही दिनदेखि प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई जोडेर भ्रामक समाचार र सूचना सम्प्रेषण भएको भन्दै खण्डन गरेका छन् ।…
-
रौतहट र मोरङमा भएको दुई घटनाको गहिरो अनुसन्धान गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले रौतहट र मोरङमा दुई युवाको शंकास्पद ढंगले भएको मृत्युको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी रौतहटमा हिरासतमा रहेका युवाको मृत्यु तथा मोरङ कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु…