Category: हाइलाइट
-
रुपन्देहीमा अर्का एक कोरोना संक्रमितको मृत्यु
बुटवल । भैरहवास्थित भीम अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको सोमबार राति मृत्यु भएको छ । भवन निर्माणको क्रममा लडेर गम्भीर घाईते भएका रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर तीनका ५० वर्षीय पुरुषमा कोरोनाको समेत संक्रमण देखिएको र उनको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भवन निर्माणको क्रममा लडेर…
-
काठमाडौं उपत्यकामा दुई हजार ७४६ जना कोरोना संक्रमित, २८ हजारको पीसीआर परीक्षण गरिने
काठमाडौं । काठमाडौं उपत्यकाभित्र भदौ ६ गतेसम्ममा २ हजार ७४६ जना कोरोना भाइरसबाट संक्रमित भए । जसमध्ये काठमाडौं जिल्लामा २ हजार १८७ जना, ललितपुर जिल्लामा ३०८ जना र भक्तपुर जिल्लामा २५१ जनामा संक्रमण देखिएको छ । यसरी संक्रमण देखिएकामध्ये ३०.७ प्रतिशत व्यक्तिहरुले यात्रा गरेका थिए भने ५१.४ प्रतिशतले यात्रा गरेका थिएनन् । १७.८ प्रतिशत बिरामीले…
-
पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पाटन अस्पतालका उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार साँझ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौं र धनुषाका एक/एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुष र साउन २५ गतेदेखि पाटन अस्पतालमा भर्ना धनुषाका ७६ वर्षीय कोरोना…
-
महँगो बन्दै स्थानीय लोकतन्त्रः राज्यकोषमा वार्षिक ८ अर्ब व्ययभार थप
संविधानको व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत सातवटै प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई राज्यकोषबाट वार्षिक रु.८ अर्ब सुविधा दिने बाटो खोलेका छन् । रामजी दाहाल: खोज पत्रकारिता केन्द्र संविधानले यो सुविधा नदिएको भनेर सर्वोच्च अदालतले ‘पारिश्रमिक लिन’ बन्देज गरेपछि सातवटै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई ‘पारिश्रमिक’ नभनी सातदेखि १४ थरी ‘सुविधा’ दिने कानून पास गरेका छन् ।…
-
भदौ १५ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने उपत्यका मेयर फोरमको निर्णय
काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । यसअघि…
-
थप ७४३ जनामा कोरोना संक्रमण, १५७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १७७, भक्तपुरमा १४ जना र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,२३४ जनाको नमुना परीक्षण गरिएको…
-
काठमाडौंमा उपत्यकामा २० हजारको कोरोना परीक्षण हुने
काठमाडौँ । समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरा रोक्न उपत्यका नगरपालिका फोरमले पूर्वसकर्तता, रोकथाम र न्युनीकरणका योजना एकीकृत रुपमा कार्यान्वयन गरिरहेको छ । नाकामा कडाइका सरकारसँग अनुरोध गर्ने, सेवा नियमित र बन्द गर्ने जस्ता बिषयमा यस अघि फोरमले निर्णय गरेपछि नगरपालिकाहरुले कार्यान्वयन गरेका थिए । अहिले कोडिभबाट संक्रमित बिरामी, शंकास्पद र सम्भावित व्यक्तिहरुको पहिचान,…
-
‘काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ’
गगन थापा । कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ।पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको छ।महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ,परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ। बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र महानगरका…
-
कोरोना संक्रमणबाट विराटनगरमा एक पुरुषको मृत्यु
विराटनगर । विराटनगरमा आइतबार राति थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार स्वाब संकलन गरिएको उनको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् ।…
-
काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको वडागत विवरण यस्तो छ
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । बालुवाटारमा एक, बानेश्वरमा तीन, टेकुमा एक, भीमसेनस्थानमा एक र महावौद्धमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै, काठमाडौं महानगर क्षेत्रमा भेटिएका १ हजार ५३७ कोरोना संक्रमितमध्ये भदौ ५ गतेसम्ममा १८८ जना निको भएर फर्किएका छन् । काठमाडौं महानगरपालिकाका बरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीका…
-
थप ८१८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८०,०२६ जनाको नमुना परीक्षण…
-
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार अस्पतालमा उपचाररत बुटवलकी ६७ वर्षीया महिलाको आइतबार दिउँसो १ बजे मृत्यु भएको छ । साउन ३१ गत कोरोना संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ…