काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसेमा आइतबार गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक पटक पहिरोले क्षति गरेको भन्दै भूगर्भविदहरुले औंल्याएका जोखिमका वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । पहिरोमा परी आइतबार दिउँसोसम्म ९ जनाको शव भेटिएको छ ।
Leave a Reply