• पात्रो
  • मौसम booked.net

भारतीय गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना

भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत अगस्टको २ मा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो ।

त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरि अस्पताल भर्ना भएका हुन् । संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

२८ भाद्र २०७७, आईतवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: