कोरोना संक्रमणबाट रुपन्देहीको सैनामैनाकी एक महिलाको मृत्यु

बुटवल । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी उनलाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेका थियो ।

उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार साँझ जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
उपचारकै क्रममा महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *