• पात्रो
  • मौसम booked.net

थप १,२०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा थप ३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर १०१७६ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ६३५४ जना रहेका छन् । आइसोलेसनमा १५,२६० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार थप ८५२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३७,५२४ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १६० र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ ।

यसैबीच, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, सुनसरी, पर्सा, स्याङ्जा, गोरखा, कास्की, रुपन्देही, तनहुँ र सुनसरीमा गरी १४ जनाको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

२७ भाद्र २०७७, शनिबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: