रातो मच्छिन्द्रनाथको रथ आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म लगाएको कर्फ्यु हटाएपनि केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

रातो मच्छिन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै यसलाई भदौ २६ गते राति १० बजेसम्म कायम राख्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन् । बिहीबार रथ तान्न नदिएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा स्थिति नियन्त्रण बाहिर गएपछि शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरिएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *