कोरोना रोकथाम र उपचारमा सरकार अझै गम्भीर देखिएनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको बताएको छ । कांग्रेसको ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक प्रकाशशरण महतले बिहीबार विज्ञप्ति जारी गरी सरकारले ठोस अध्ययनका आधारमा नभएर हचुवाका भरमा लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने काम गरेको बताएका हुन् ।

‘उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ,’ विज्ञप्तिमा भनिएको छ ।

निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदै गएको तर संक्रमण बढ्ने क्रम भने कम नभएको संयोजक महतले बताएका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *