काठमाडौंका मेयरलाई कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्य श्रीमतीलाई कोरोनाको जस्तै लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए ‍।

त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको हो । मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले शनिबारदेखि मेयर शाक्य घरमै रहेको बताए ।

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *