उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेकोे भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो । भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई साँझ सात बजेसम्म उद्धार गरिएको थियो ।
घटनामा सात जना गम्भीर घाइते भएका छन् भने अन्य २१ जनालाई सामान्य चोट लागेको उद्धारमा संलग्न स्थानीयले बताएका छन् । भवनको भग्नावशेषमा च्यापिएको हुनसक्ने अनुमानसहित उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन् ।
Leave a Reply