यस्ता छन् रामचन्द्र पौडेलले महाधिवेशनका लागि अघि सारेका १० एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आशन्न १४ औं महाधिवेशनका लागि आफ्ना १० एजेण्डा अघि सारेका छन् । उनले आसन्न महाधिवेशनमा सभापति पदमा आकांक्षा राख्दै शनिबार १० बुँदे एजेण्डा अघि सारेका हुन् ।

यस्ता छन् पौडेलका एजेण्डा

१) नेपालको वर्तमान संविधान लागु गर्ने ।

२) नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।

३) नेपालको उन्नतिको बाटो देखाउने ।

४) नेपालमा सुशासन लागु गराउने ।

५) नेपालको असंलग्नता र तटस्थतालाई बचाउने ।

६) नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने ।

७) कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।

८) नेपाली जनतामा देशभक्तिको भावना जगाउने ।

९) नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने ।

१०) नेपाली कांग्रेस विचार शून्य र दिशाविहीन छैन भन्ने सावित गराउने ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *