भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् । भारतीय रक्षामन्त्रीको भ्रमणबारे रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका हुन् । उनले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको बताएका छन् ।
उनले भारतीय रक्षामन्त्री सिंहलाई आगामी हप्ता मस्कोमा स्वागत गर्न आफूहरु आतुर रहेको भनी दिएको अभिव्यक्तिका बारेमा रुसमा रहेको भारतीय दूतावासले ट्वीटमार्फत जानकारी गराएको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता अर्थात सेप्टेम्बर ४ देखि ६ तारिखसम्म रुसको भ्रमणमा जानेछन् । मस्कोमा आगामी हप्ता सांघाई कोअपरेसन अर्गनाइजेसको बैठक हुन लागेको छ । सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरुको सहभागिता रहने छ । सोही बैठकमा सहभागी हुन भारतीय रक्षामन्त्री सिंह पनि त्यसतर्फ जान लाग्नुभएको रुसस्थित भारतीय दूतावासले जानकारीमा दिएको छ ।
Leave a Reply