काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३,२५३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ९,८३२ जना रहेका छन् । आइसोलेसनमा १४,७४९ जना सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ ।
यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको दुई महिला र नौ जना पुरुष छन् ।
मृत्यु हुनेमा भक्तपुर र मोरङका एक एक जना महिला, कैलालीका दुई जना, महोत्तरीका तीन जना, बाँकेका एक जना, काठमाडौंका एक जना र बाराका दुई जना छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply