• पात्रो
  • मौसम booked.net

भारतीय राष्ट्रिय काँग्रेसमा अझै सोनिया गान्धी नै अन्तरिम अध्यक्ष रहने

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ । पार्टीमा पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्र्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो ।

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । तर अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएपनि पार्टीले निर्णय गर्न असक्षम देखिएको छ । सोमबार बसेको केन्द्र्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने भएकी छन् ।

बैठकले जतिसक्दो चाडो नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको पार्टीका नेता के एच मुनियाप्पाले जानकारी दिए । नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए । काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उनले अस्वीकार गर्दै आएका छन् ।

गएको आम निर्वाचनमा पार्टीलाई सवैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेवारी लिदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

९ भाद्र २०७७, मंगलवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: