Category: खेलकुद
-
सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप…
-
पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको पिसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ । आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई साउन १८ गतेदेखि क्वारेन्टिनमा राखेको हो । कोरोना भाइरसको महामारीका कारण…
-
म्यान्चेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश
म्यान्चेस्टर युनाईटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियाको लास्कलाई २–१ ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा उक्लेको हो । पहिलो लेगमा ५–० को जित निकालेको म्यान्चेस्टर युनाईटेडले हिजोको जितपछि समग्रमा खेल ७–१ ले आफ्नो पक्षमा पार्यो । गएराति नै स्पेनको गेटाफेलाई २–० ले…
-
विकास मल्ल राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो । १३ वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपरसमेत हुन्। मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट…
-
टेबलटेनिसको प्रशिक्षण सुरु
काठमाडौं। सरकारले ‘लकडाउन’लाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि पनि जुर्मुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई ‘क्वारेन्टिन’मा राखिसकिएको छ भने ब्याडमिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ । बुधबारबाट टेबलटेनिसले पनि समूह–समूहमा खेलाडीलाई अभ्यास गराउन थालेको छ । चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबलटेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका…
-
राखेपका सदस्य सचिव सिलवालको सम्मान
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिँदा गरिएको विश्वास टुट्न नदिने बताएका छन् । नेपाल भलिबल संघले उनकै सम्मानमा आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने, ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमानदार भएर अगाडि बढ्ने छु । मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार,…
-
नेकपाका शीर्ष नेता धनगढीमा
अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन् । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी…
-
नेकपाको कार्यदल विघटन, एकता प्रस्ताव सचिवालयले तयार गर्ने
काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि बनाएको कार्यदल विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने बताइएको छ । विहीबारको सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले…
-
बाबुरामले लगाए पहिलोपटक दौरा-सुरुवाल, भने– देश अनुसारको भेष !
९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् । १० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी…
-
लेखाले नाम र रकम तोक्दा वाइडबडी छानविन गर्न गाह्रो भोः अख्तियार
९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी प्रकरणमा लेखा समितिले गरेको सिफारिसले अप्ठेरो परेको बताएको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले लेखा समिति सभापति भरत साहलाई नाम र रकम नै किटेर गरिएको कारवाही र निगमको सिफारिसले अख्तियार अप्ठेरोमा परेको बताएका हुन् ।
-
ग्राहक संख्याको विवरण गलत दिँदै मासिक करोडौं कर छल्दै डिसहोम
काठमाडौं । डिसहोमले मासिक करोडौं रुपैयाँ कर छली गर्दै आएको समाचार सार्वजनिक भएको छ । व्यवसायी चन्द्र ढकालले अगुवाइ गर्ने आइएमई ग्रुपको वर्चस्व रहेको डिस मिडिया नेटवर्क (डिस होम) ले मनपरी ढंगमा ग्राहक संख्याको गलत विवरण तयार पारी कर छली गर्दै आएको खुलेको छ । ग्राहक संख्या खुलस्त नपार्नु, पब्लिक कम्पनीले आफ्नो विवरण सार्वजनिक नगर्नु र नियामक निकायसँग…
-
करोडौं कर छल्ने डिस होम राजस्व अनुसन्धान र राजस्व विभागको निगरानीमा
काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम) ले मनपरी ढंगमा ग्राहक संख्या बताउँदै करोडौं रुपैयाँ कर छली गर्दै करिब २० प्रतिशतमात्र कर तिर्दै आएको विषयमा आन्तरिक राजस्व विभागले अनुसन्धान थालेको छ । डिस होमले ग्राहक संख्या लुकाएर मासिक ४ करोडौं रुपैयाँ कर छली गर्दै आएको समाचार खोजतलास साप्ताहिकलगायत विभिन्न अनलाइनमा प्रकाशित भएपछि विभागले अनुसन्धान थालेको हो । डिस…