Category: खेलकुद
-
पिएसजी १-० गोलले पराजित
फ्रान्सको लिग वन फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणको खेलमा रेफ्रीले डेढ मिनेटभित्र पाँच खेलाडीलाई रातोकार्ड देखाएर मैदान बाहिर पठाएका छन् । चिरप्रतिद्वन्द्वी मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातोकार्ड देखाइएको हो । खेलको इन्जुरी समयको ९७ देखि ९९ मिनेटभित्र दुई टिमका खेलाडी आपसमा झगडा गरेपछि रेफ्रीले यस्तो अप्रिय निर्णय लिएका हुन् । रेड कार्ड…
-
आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उडेका हुन् । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएका उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ…
-
क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातमा रकम जम्मा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्…
-
अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको एक सय गोल पूरा
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय गोल पूरा गरेका छन् । योसँगै उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २ शून्यले पराजित गरेको हो । रोनाल्डोले ४५औं मिनेटमा पहिलो…
-
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौं । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको…
-
ओलम्पियनको कोरोना बीमा गरिने
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । कमिटीको शनिबार बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो । बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका…
-
सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो । यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको…
-
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका उमेश पटुवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । लामो समय मुख्य प्रशिक्षक…
-
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिएका छन्…
-
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो । शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो…
-
सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका हुन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ ।…
-
सागमा सहभागी बक्सिङ खेलाडीको कोरोना बीमा
काठमाडौं । गतवर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकूद (साग) मा सहभागी बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । सागमा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको बीमा गरिएको हो । पूर्व बक्सिङ खेलाडी एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत खर्चमा १८ जनाको जनही एक लाख रुपैयाँका दरले बीमा गरेका हुन् ।…