Category: Scroll
-
थप १२४६ जनामा कोरोना संक्रमण, १,८१८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ र ललितपुरमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१४४ जनाको नमुना परीक्षण…
-
चीनले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने
रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । ककेसस २०२० नाम दिइएको यस सैन्य अभ्यासमा सैन्य सवारी साधनका साथै चीनका नयाँ सैन्य जहाज…
-
क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातमा रकम जम्मा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्…
-
कोरोना सङ्क्रमणबाट भरतपुरका ६२ वर्षीय पुरुषको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको बिहीबार मध्यान्ह उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा…
-
शिक्षा मन्त्रालयद्वारा ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ । निर्देशिका जारी भएसँगै अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको छ । मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो । तर शुल्क लिन अनिवार्य रूपमा सम्बन्धित स्थानीय…
-
एसिड आक्रमणकारीका लागि १५ दिनभित्र नयाँ कानुन मस्यौदा गरिसक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पीडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् । यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । उनले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने,…
-
अमेरिकामा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द
एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो । विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए…
-
-
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघ्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ करोड ८० लाख २२ हजार २ सय ७६ पुगेको हो । यस्तै, एकैदिन २ लाख ६९ हजार ८ सय ३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन्…
-
कास्कीमा थप १९ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, तनहुँ, पर्वत, स्याङ्जा र नवलपरासीमा गरी थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
-
बिहीबारदेखि काठमाडौं उपत्यकामा यातायातका साधन संचालन र व्यापार व्यवसाय संचालन गर्न पाइने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि सर्तसहित यातायात र ब्यापार, व्यवसायलाई खुकुलो बनाएको छ । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि खुल्ला गर्ने निर्णय भएको हो । यातायातमा भने जोर, विजोर प्रणाली लागू गरिएको छ । काठमाडौंका उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सम्बन्धित…
-
व्यवसायीले असोज एक गतेदेखि लामो दुरीमा यातायात संचालन गर्ने
काठमाडौं । यातायात व्यवसायीहरुले आफुहरुले असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने जनाएका छन् । असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नर्सान पनि उनीहरुले आग्रह गरेका छन् । बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट…