Category: Scroll

  • विश्वमा २ करोड ५३ लाख ८२ हजारलाई कोरोना संक्रमण

    विश्वमा २ करोड ५३ लाख ८२ हजारलाई कोरोना संक्रमण

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ५० हजार नाघेको छ । विश्वका २ सय १६ देशका २ करोड ५३ लाख ८२ हजार ८ सय भन्दाबढी संक्रमित भएकामा त्यसमध्ये ८ लाख ५० हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । यस्तै, १ करोड ७७ लाख ४ हजार ८ सय…

  • हाछेथू ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त

    हाछेथू ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त

    काठमाडौं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ । हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन हाछेथूलाई नियुक्त गरेको बताए। पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष…

  • लामो दूरीको यातायात र आन्तरिक उडान भदौ मसान्तसम्म सञ्चालनमा रोक

    लामो दूरीको यातायात र आन्तरिक उडान भदौ मसान्तसम्म सञ्चालनमा रोक

    काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदौभर रोक लगाएको हो । यसअघि भदौ १५ सम्मका लागि गरेको…

  • सोचेकै भरमा कप्म्युटर चलाउन सकिने

    सोचेकै भरमा कप्म्युटर चलाउन सकिने

    विद्युतीय कार निर्माता टेस्लाका संस्थापक इलोन मस्कले मस्तिष्कमा कम्प्युटर चीप राखिएको एक सुँगुर सार्वजनिक गरेका छन् । सो कार्यक्रमले उनको महत्व्कांक्षी मस्तिष्कलाई उपकरणमा जोड्ने तरिकाको प्रदर्शन गरेको छ । यो मस्तिष्कमा साना तार जडित सानो उपकरण भएको उनले बताए । उनको स्टार्टअप कम्पनी न्यूरालीङ्कले मानिसको यो प्रविधि परीक्षण गर्न गत वर्ष आवेदन दिइसकेको छ ।…

  • काठमाडौं उपत्यकामा ४२९ सहित थप १,२२१ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा ४२९ सहित थप १,२२१ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा आइतबार थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४८ महिला र ८७३ पुरुष गरि थप १२२१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आइतबार उपत्यकामा थप ४२९ जनामा कोरोना पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १७,५१८ जना…

  • कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

    कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरी, बारा, महोत्तरी र काठमाडौंका एक–एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै महोत्तरी र रुपन्देहीका दुई–दुई पुरुषको मृत्यु भएको छ । त्यसैगरि सुनसरी, मोरङ, रौतहट, ललितपुर,भक्तपुर, नवलपरासीका एक–एक पुरुषको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका…

  • अफगान राष्ट्रपतिद्वारा तालिबानसँग वार्ता सहजीकरणका लागि परिषदको घोषणा

    अफगान राष्ट्रपतिद्वारा तालिबानसँग वार्ता सहजीकरणका लागि परिषदको घोषणा

    अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानसँग शान्तिवार्ता गर्नेगरी राष्ट्रिय मेलमिलापका लागि एक परिषदको घोषणा गरेका छन् । प्रस्तावित परिषदले तालिबानसँग शान्ति सम्झौताका निम्ति मार्गप्रशस्त गर्नेछ । संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच गत फेब्रुअरीमा भएको सम्झौताले अन्तर–अफगान शान्तिवार्ताका लागि ढोका खोलेको थियो । तर तोकिएको समयावधिभित्र दुबै पक्षबीच शान्तिवार्ता नभएको भन्दै अमेरिकाले असन्तोष प्रकट गर्दै आएको छ…

  • सन्दीपको दुई विकेटपछि जमैकालाई राहत

    सन्दीपको दुई विकेटपछि जमैकालाई राहत

    काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो । शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो…

  • पाटन अस्पतालमा ललितपुरका कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा ललितपुरका कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।

  • वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

    वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स आइतबार बिहान एमबुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनीको मृत्यु भएको हो । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट गइरहेको एम्बुलेन्स सडकदेखि अन्दाजी…

  • कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका विरुद्ध बर्लिनमा  प्रदर्शन

    कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका विरुद्ध बर्लिनमा प्रदर्शन

    जर्मनीको बर्लिनमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाइएको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ । सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएका बीबीसीले जनाएको छ । प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । प्रहरी…

  • चितवनका थप २९ जनामा कोरोना संक्रमण

    चितवनका थप २९ जनामा कोरोना संक्रमण

    काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, तनहुँ, झापालगायतका जिल्लाका गरी थप ४३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।