Category: समाचार
-
जनता समाजवादी पार्टीले भन्यो-प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर
काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको निष्कर्ष निकालेको छ । चार दिनसम्म चलेको पार्टी कार्यकारिणीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै जसपाले यस्तो निष्कर्ष निकालेको हो । ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको भन्दै जसपाले वर्तमान सरकार गठनदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरेपक्षतामा लगायतका पक्षलाई कमजोर पार्ने…
-
गौतम बुद्ध नेपालमै जन्मेका ऐतिहासिक र पुरातात्विक प्रमाण छन् : परराष्ट्र मन्त्रालय
काठमाडौँ । परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने विवाद नरहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको जनाएको छ । भारतीय विदेश मन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेको भोलिपल्ट आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी यो एउटा स्थापित र निर्विवाद तथ्य भएको बताएको हो । उसले ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका…
-
उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न नगरपालिका फोरमको आग्रह
काठमाडौं । प्रवेश नाकामा कडाइ गरेर मात्र उपत्यकालाई कोरोनाको फैलिँदो महामारीको बिपत्तिबाट जोगाउन सकिनेमा जोड दिँदै उपत्यका नगरपालिका फोरमले आन्तरिक र वाह्य छलफल बढाएको छ । आइतबार फोरमका अध्यक्ष एवं महानगरका मेयर र फोरमका सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) का समेत संयोजक रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग…
-
नेपाल सरकारले औपचारिकरुपमै भारतसँग कुरा गर्नुपर्छः माधवकुमार नेपाल
माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा । भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ । ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत वुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बॉकी नरहँदा-नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन्…
-
उदार तथा दलाल नोकरशाही पूँजीवादले राजनीति विकृतः पूर्वसभामुख महरा
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले उदार तथा दलाल नोकरशाही पूँजीवादले देशको राजनीति तथा मूल्यमान्यता नै विकृत बनाएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेका महराले देशको राजनीति विकृत र विसंगतिपूर्ण हुनुमा उदार तथा दलाल पूँजीवादको हावी हुनु मुख्य कारण भएको बताएका हुन् । नेपाल पत्रकार महासंघ र प्रेस संगठन दाङले संयुक्त रुपमा आयोजना गरेको…
-
कोरोना संक्रमणबाट विदेशमा १९१ नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया,…
-
मुलुक विकास र समृद्धिको यात्रामा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । २६ औं विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् । उनले…
-
महोत्तरीमा सशस्त्र प्रहरीका ९ जनालाई कोरोना संक्रमण
महोत्तरी । महोत्तरीमा नौ जना सशस्त्र प्रहरीसहित १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा अब कूल सङ्क्रमितको सङ्ख्या ८६८ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले शनिबार…
-
करिव एक करोड २५ लाख रुपैयाँ बराबरको चेकसहित नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक एक करोड २४ लाख ९१ हजार रुपैयाँको चेकसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख रितेश गुप्तालाई सिन्धुलीबाट नियन्त्रणका लिएको हो ।
-
लगानी बोर्डको सिईओ नियुक्तिमा मेरो कुनै सरोकार छैनः वामदेव गौतम
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्न आफुले सिफारिस नगरेको स्पस्ट पारेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले भट्टको नियुक्ति आफ्नो सरोकारभन्दा बाहिरको विषय भएको उल्लेख गरेका हुन्। विज्ञप्तितमा ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले…
-
नारायणकाजीलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन विष्णु रिमालको सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् । रिमालले शुक्रबार ट्विटरमार्फत प्रवक्ता श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् । रिमालले लेखेका छन्, इनफ इज इनफ नारायणकाजी श्रेष्ठ प्रकाश जी ! कमसेकम पार्टी…
-